३१ असार २०८३, बुधबार

मतदाता परिचय पत्र हराएकाले कसरी मतदान गर्न पाउँछन् ?

बैशाख ३०, २०७९
मतदाता परिचय पत्र हराएकाले कसरी मतदान गर्न पाउँछन् ?

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदाता परिचय पत्र नभएपनि मत खसाल्न पाउनेगरी व्यवस्था मिलाएको छ । आयोगले जग्गाधनी प्रमाण पूर्जाबोकेर आउनेलाई मतदान गर्न दिने भएको छ ।

आयोगले भनेको छ, ‘यही वैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्