
बुटवलमा बिहानैदेखि वर्षा केही सामान्य भएको छ ।
वर्षा रोकिने क्रम शुरू भएसँगै मतदानका लागि नागरिकहरू मतदानस्थलसम्म पुग्न थालेको छ ।
स्थानीय तह निर्वाचनको मतदान मुलुकभर आज बिहान ७ बजेदेखि शुरू हुँदैछ ।
मतदानका लागि बिस्तारै मतदानस्थलमा नागरिकहरू पुग्न थालेका छन् भने सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ ।