२१ असार २०८३, आइतबार

दैनिक राशिफल : राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्य

बैशाख ३०, २०७९
दैनिक राशिफल : राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्य

मेष

व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ ।

वृष

प्रेममा सुखमय हुने देखिन्छ । श्रीमान-श्रीमती बीचको आपसी सद्भाव उपयुक्त रहनेछ । मित्रहरूसँग पारस्परिक भेटघाटको कारण मन प्रसन्न हुनेछ ।

मिथुन

ब्यापारमा नयाँ अर्डरबाट मनग्गे आम्दानी हुने देखिन्छ । सामाजिकसंचारमा दिन बदी मात्रामा बिताइएला । नकारात्मक झुकावका मानिससँग दूरी कायम राख्नुहोला, ठुलो बिपत्ति बाट बचिनेछ ।

कर्कट

तपाईसँग महत्त्वपूर्ण चीजहरू वा कागजातहरू हराउने  प्रबल सम्भावना छ, सावधान रहनुहोला ।  कसैसँग झगडामा समय बर्बाद नगर्नुहोस्  साथै आत्म-चिन्तन र मंथनको लागि केहि समय खर्च गर्नुहोस् ।

सिंह

परिवारमा आपसी सहयोग र सुखद वातावरण हुनेछ । भावनात्मक सम्बन्धहरू बढ्नेछ । शारीरिक र मानसिक थकानबाट छुटकारा पाउन योग र ध्यान गर्नुहोस् ।

कन्या

हजुरलाई सुम्पेको जिम्मेवारीहरू प्रति इमान्दार रहनुहुन्छ । आय स्थिति सुस्त रहनेछ । धैर्य र प्रतिकूल परिस्थितिमा संयमित हुनुहोस् । कहिलेकाँही तपाईको संदिग्ध प्रकृतिले काम भइरहेकोमा बाधा उत्पन्न गर्न सक्छ ।

तुला

जीवनसाथीको साथ पारिवारिक समस्याको समाधान खोज्ने प्रयास सफल हुनेछ । पारिवारिक आनन्द शान्तिमय रहनेछ । बच्चाहरूले कुनै पनि समस्या समाधान गर्न आफ्नो समर्थन दिनुपर्दछ जसले गर्दा उनीहरुको मनोबल बढ्नेछ ।

वृश्चिक

तपाई आफ्नो क्षमता र प्रतिभाको बलमा आफ्नो पहिचान स्थापित गर्न सक्षम हुनुहुनेछ । धार्मिक काममा पनि रुचि राख्नुहुनेछ । केही राम्रा र भविष्यका शुभ योजनाहरूका लागि पनि खर्च पनि हुनेछ ।

धनु

स्वास्थ्यमा सामान्य खराबी आउन सक्छ, आहार शुद्ध राख्नुहोस् । आयुर्वेदका औषधी पनि प्रयोग गर्नुहोला । आज, व्यस्त तालिकाबाट टाढा सर्दै, केही नयाँ गतिविधिहरू र जानकारीपूर्ण चीजहरू सिक्न समय खर्च गर्न सकिन्छ ।

मकर

घरको वातावरण शान्तिमय र रमाइलो रहनेछ । गोप्यता राख्नुमा सचेत रहनुहोला  केहि समस्या प्रकट हुन सक्छ । सहिमूल्य र फाइदा गुमाउने जस्तो अवस्था छ । तपाईको व्यवसायका योजनाहरू गोप्य राख्नुहोस् ।

कुम्भ

स्वास्थ्यमा एलर्जीको सम्भावना हुन्छ जस्तै खोकी, मौसमको कारण पनि केहि समस्या हुन सक्छ । बिना कारण मानिसहरूसँग अन्तर्क्रिया नगर्नुहोस् । तपाईको स्वास्थ्य सुरक्षा राख्नु महत्वपूर्ण छ ।

मीन

केहि समयको लागि चलिरहेको कुनै चिन्ताको समाधान हुनेछ र तपाई आफ्नो तनाव कम गर्न र आफ्नो व्यक्तिगत कार्यहरूमा ध्यान दिन सक्षम हुनुहुनेछ । नजिकको आफन्तबाट बहुमूल्य उपहार पनि पाउन सकिन्छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्