२१ जेठ २०८३, बिहीबार
स्थानीय चुनाव

ललितपुरबाट मतदान गर्दै ऊर्जामन्त्री भुसालले भनिन्- सरकारप्रति लगाएको आरोप गलत सावित भयो

बैशाख ३०, २०७९
ललितपुरबाट मतदान गर्दै ऊर्जामन्त्री भुसालले भनिन्- सरकारप्रति लगाएको आरोप गलत सावित भयो

ऊर्जामन्त्री पम्फा भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको दायित्व सरकारले पूरा गरेको बताएकी छन् । चुनाव गराउने सरकारको प्राथमिक कार्यभार पूरा भएको उनले बताइन् । 

ललितपुर महानगरपालिका–२ को राममन्दिर राजतीर्थ मतदान केन्द्रबाट मत हालेपछि शुक्रवार लोकान्तरसँग कुरा गर्दै मन्त्री भुसालले चुनाव सफलतापूर्वक सम्पन्न हुन लागेको बताएकी हुन् । 

‘सरकारले चुनाव नगराउने भ्रम थियो, तर सरकारको प्राथमिक कार्यभार थियो । संविधान कार्यान्वयन र संस्थागत गर्ने कुरामा सरकार जिम्मेवार छ,’ भुसालले भनिन्, ‘चुनाव सफलतापूर्वक सम्पन्न हुँदैछ । जनताले विवेक प्रयोग गरेर जिताउन सक्छन् ।’ 

माओवादी नेतृ भुसालले नउठेका उम्मेदवारको मतपत्रमा चिह्न राखेर निर्वाचन आयोगले कार्यदक्षता देखाउन नसकेको टिप्पणी गरिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्