
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।
उनले काठमाडौं महानगरपालिका–१० को बानेश्वर हाइटस्थित सानो गौचरण केन्द्रबाट मतदान गरेका हुन् ।
देशभर निर्वाचन उत्साहपूर्ण रुपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।