
वृद्ध आफन्तको भोट कसले हालिदिने विषयमा विवाद हुँदा काभ्रेको चौरी देउराली– कात्तिकमा तनाव सिर्जना भएको छ ।
जिल्ला प्रहरी कार्यालयका काभ्रे एसपी चक्रराज जोशीका अनुसार एक जना वृद्धका आफन्तले कसले भोट हालिदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो ।
झडपपछि मतपेटिका बाहिर निकालेर फालिएका छन् ।
उनका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ ।