
निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
'आज मतदान गर्ने क्रममा उहाँले मतपत्रको मतसंकेत सार्वजनिक गरेका कारण आयोगको ध्यानाकर्षण भई उहाँलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो,' आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
भट्टराईले शुक्रवार बिहान पालुङटार नगरपालिका-१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।
उनले आफूले गरेको मतसंकेत सार्वजनिक गरेका थिए । निर्वाचन आचारसंहिताअनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रूपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार भट्टराईलाई किन कारवाही नगर्ने भनेर आयोगले स्पष्टीकरण सोधेको हो ।
यस्तो छ व्यवस्थाः
