
नेपाल मजदुर किसान पार्टीको दबदबा रहेको भक्तपुर नगरपालिकाको प्रमुखका उम्मेदवार सुनील प्रजापतिले फराकिलो मतान्तर बनाएका छन् ।
शनिवार अपराह्नसम्मको मतगणनामा प्रजापतिले दुई हजार १५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रवीन्द्र लाछिमस्युले १५९ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका कांग्रेसका रामप्रसाद कासुलाले १३३ मत पाएका छन् । माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ८० मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि नेमकिपाकै रजनी जोशीले २ हजार १७ मत प्राप्त गरेकी छन् ।
२०७४ सालमा २५ हजार ५६८ मत प्राप्त गरेर प्रजापति विजयी हुँदा कांग्रेसका कासुलाले ६ हजार ५ सय मत प्राप्त गरेका थिए ।