१७ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, विपी कांग्रेसले जित्यो

बैशाख ३१, २०७९
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, विपी कांग्रेसले जित्यो

प्रधानमन्त्री शेरबहादुर देउवाकै मतदान स्थल रहेको गन्यापधुरा वडा नम्बर १ मा नेपाली कांग्रेस पराजित भएको छ । देउवाको गाउँ रहेको वडा नम्बर १ मा नेपाली कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् ।

विपी कांग्रेस बिपीबाट करुवा चुनाव चिन्ह लिएर उम्मेदवार भएका नरेश भण्डारीले वडा नम्बर १ को अध्यक्ष जितेका छन् ।

भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेस उम्मेदवारले भने जम्मा ५४४ मत ल्याएको वडा नम्बर १ का काग्रेसका अध्यक्ष चेतराम भट्टले बताए ।

गन्यापधुराको अरु वडामा भने कांग्रेसकै उम्मेदवार विजयी भएको पनि उनले बताए ।

सो वडामा कांग्रेस विपीको प्यानल नै विजयी भएको छ ।

कांग्रेसबाट निष्कासित प्रदेश सभा सदस्य कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्