
दार्चुलाको अपि हिमालमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेको नेकपा माओवादीका उम्मेदवारले अग्रता लिएका छन् ।
यो गाउँपालिका अध्यक्षमा माओवादीका भक्तसिंह ठेकरे (बोहोरा) करीब दोब्बर मतले अगाडि छन् । ठेकरेले ११३९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्यालले ६८५ मत ल्याएका छन् ।
यो गाउँपालिकामा माओवादी कांग्रेस गठबन्धन भएको छ । उपाध्यक्षमा भने कांग्रेसकी देवकीदेवी बोहोराले ९३५ मत ल्याउँदा एमालेकी उर्मिला बोहराले ७२९ मत ल्याएकी अपिहिमाल गाउँपालिकाका निर्वाचन अधिकृत दीपक ज्ञवालीले बताए ।
उनका अनुसार अझै २ वटा वडाको करिब १८ सय मत गणना हुन बाँकी छ ।