२२ जेठ २०८३, शुक्रबार

दमक नगरपालिकामा एमालेको अग्रता, अधिकारी ५६ मतले अगाडि

बैशाख ३१, २०७९
दमक नगरपालिकामा एमालेको अग्रता, अधिकारी ५६ मतले अगाडि

झापाको दमक नगरपालिकामा नगरप्रमुखमा एमालेले अग्रता कायम गरिरहेको छ । 

एमालेकी गीता अधिकारीले ६९७ मत प्राप्त गर्दा  राप्रपाका राम थापाले ६४१ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ मा मतगणना भईरहेको छ । जम्मा १५ सय मत गनिएको हो । 

नगर उप्रमुखमा कांग्रेसकी रोगिना भट्टराईले ६२२ मत प्राप्त गर्दा र एमालेका अम्बिका खनालले ६१८ मत प्राप्त गरेका छन् । 

वडा नम्बर १ को वडाध्यक्षमा एमालेले ६७५ र गठबन्धनले ६३० मत प्राप्त गरेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, कांग्रेस र जसपाले गठबन्धन गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्