
बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।
४०० मत गनिसक्दा माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले २१७ मत पाएका छन् । त्यस्तै एमालेका खिलप्रसाद भुसालले ९० र कांग्रेसका पूर्ण आचार्यले ७७ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा (एस)की नारायणी वलीले १३५, एमालेकी अस्मिताकुमारी थारुले १०६ र कांग्रेसकी संगीता सुवेदीले ९४ मत पाएकी छन् ।
यहाँ नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)बीच चुनावी तालमेल भएको छ ।