
पाल्पा । पाल्पाको रामपुर नगरपालिका –१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कपिल खाँड विजयी भएका छन् ।
उनी ८ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिन बहादुर खाँडले ८ सय २ मत प्राप्त गरेका छन् ।
यस वडामा अध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको हो ।
पाल्पामा यसअघि अन्य तीन स्थानीय तहमा गरी तीन वटा वडाको मत परिणाम सार्वजनिक भैसकेको छ ।