३० असार २०८३, मंगलबार

मध्यपुर थिमि–१ मा कांग्रेसको उम्मेदवार डङ्गोल विजयी

बैशाख ३१, २०७९
मध्यपुर थिमि–१ मा कांग्रेसको उम्मेदवार डङ्गोल विजयी

मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डङ्गोल विजयी भएका छन् । नेकपा एमालेका कृष्णकुमार प्याथसँग प्रतिस्पर्धा गरेका डङ्गोलले एक हजार ७१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी प्याथले एक हजार २९० मत ल्याएको मध्यपुर थिमी नगरपालिकाका सहायक निर्वाचन अधिकृत  मैयाँ कँडेलले जानकारी दिए ।

    त्यसैगरी वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी भएका छन् । महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्यमा रिमा परियार, कान्छाराम द्वारे तथा नेकपा एमालेका श्याम प्रजापति विजयी भएका छन ।

salt training

कमेन्ट गर्नुहोस्