
काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर ३२, १,२, ३ र ४ को मतपत्र गणना भइरहेको छ । हालसम्म २६८२ मतपत्र गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जसअनुसार मेयर पदमा एमालेका उम्मेदवार केशव स्थापितले ५५०, काँग्रेसकी सिर्जना सिंहले ४२१, साझा विवेकशीलकी समीक्षा बास्कोटाले १६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७६८ मत पाएका छन् । शाहले सबैभन्दा बढी मत ल्याएर अग्रता बनाइरहेका छन् ।
यसैगरी उपमेयरमा सुनीता डंगोलले सबैभन्दा धेरै ९२० मत ल्याएकी छन् । यस्तै एकीकृत समाजवादीका उम्मेदवारले २४६ मत ल्याउँदा उम्मेदवारी नै नपरेको बालेन शाहको चुनाव चिह्न लौरोमा पनि ९४ मत खसेको छ ।