
स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरका १० वटै स्थानीय तहमा मतगणना जारी रहेको छ ।
जारी मतगणना अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिकाको ३ हजार ५३३ मत गन्दा मेयरमा
सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ ।
गठबन्धनका तर्फबाट मिनाकुमारी लामाले १ हजार ६९ पाउँदा एमालेका अनन्त प्रसाद पौडेलले १ हजार ६६ मत पाएका छन् ।
उनीहरूबीचको मतान्तर ३ मात्रै छ ।
यस्तै राप्रपाका दीपकबहादुर सिंहले ९४९ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनका राजेश बानियाँले १ हजार ५४२ मत पाउँदा एमालेकी सुमित्रा काफ्लेले १ हजार २७० मत पाएकी छन् ।
राप्रपाकी इन्दिरा डल्लाकोटी २६० मत पाएकी छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा वडा नम्बर १,२, १८ र १९ नम्बरको मतगणना जारी छ ।
हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।