२५ असार २०८३, बिहीबार

जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार दोब्बर बढी मतले अगाडि, गठबन्धन पाँचौं स्थानमा

जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार दोब्बर बढी मतले अगाडि, गठबन्धन पाँचौं स्थानमा

जनकपुरधाम उपमहानगरपालिकामा ३ हजार २०२ मत गणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले दोब्बरभन्दा पनि बढीको अग्रता लिएका छन् ।

साहले १ हजार ३७० मत ल्याएर आफ्नो अग्रतालाई झन् फराकिलो बनाउन सफल भएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर साह हिराले ६४४ मत मात्र ल्याएका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ४१४ मत ल्याएर तेस्रोमा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २१५ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साह भने पाँचौं स्थानमा छन् । उनले १९५ मत मात्र ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार जानकी राम साहले १५३ मत, जनमत पार्टीकी अनिता देवीले ७६ मत, तराई मधेश लोकतान्त्रिक पार्टीकी विभा कुमारीले २३ मत, राप्रपाकी किसा गिरीले १९ मत र नेपाल जनता पार्टीका मुरली मनोहर मिश्रले १० मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले १ हजार ४५४ मत ल्याएर दोब्बर मतान्तरले अग्रता कायम नै राखेका छन् । नेकपा एमालेकी रुना झाले ७०७ मत, लोसपाकी उम्मेदवार तथा निवर्तमान उपमेयर रिताकुमारी मिश्रले २२६ मत र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ४७१ मत ल्याएका छन् ।

जनमत पार्टीका सन्तोषकुमार साहले १०५ मत, राप्रपाका जितेन्द्रकुमार साह हलुवाईले ६० मत र स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश चौधरीले १७ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्