२८ जेठ २०८३, बिहीबार

अर्घाखाँचीको छत्रदेव-४ मा एमालेको प्यानलै विजयी

अर्घाखाँचीको छत्रदेव-४ मा एमालेको प्यानलै विजयी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । 

कुनै समय कांग्रेसको गढ भनेर चिनिने साविकको केरुंगा गाविसमा एमालेका उम्मेदवार भीमलाल खनालले कांग्रेसका ठाकुर पन्थीलाई २३८ भोट अन्तरले पराजित गरेका हुन् । 

वडाध्यक्षमा विजयी भएका खनाल नेकपा विभाजित हुँदा माओवादी छाडेर एमालेमा लागेका थिए । 

विगतको चुनावमा खनाल कांग्रेसका उम्मेदवारसँग २० मतले हारेका थिए । 

छत्रदेव-४ मा खसेको कुल २१९१ मतमा खनालले ११७६ र पन्तीले ९३८ भोट पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्