चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
हालसम्मको मतगणनामा दाहालले १३७३ मत पाएकी छन् ।
दाहाललाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १३०५ मत पाएका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४७० मत ल्याएका छन् । अहिले वडा नं. २ को मतगणना भइरहेको छ ।