
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन् ।
वडा नम्बर २ र ३ को मत गन्दा महर्जनले १ हजार १६६ मत पाएर अगाडि रहेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ सय १० मत पाएका छन् ।
उनीहरूबीचको मतान्तर ६५६ छ ।
यस्तै राप्रपाका अष्ट बहादुर महर्जनले १ सय २९ मत पाएका छन् ।