
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम नै राखेको छ ।
१० हजार ५ सय २५ मत गणना गर्दासम्म कांग्रेसका नागेश कोइरालाले ३२७८ मत ल्याउदै अग्रता कायम गरिरहेका छन् ।
कोइरालालाई एमालेका सागर थापाले पच्छ्याइरहेका छन् ।
थापाले २३४७ मत प्राप्त गरेका छन् ।
उनीहरूबीचको मतान्तर ९३८ छ ।
स्वतन्त्र उमेश यादवले ११७९ मत ल्याएका छन् ।
उपमेयरमा भने एमालेले अग्रता लिएको छ ।
उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले २७०६ मत ल्याउँदा जसपामा अरमेन्द्र यादवले १७९९ मत ल्याएका छन् ।