११ साउन २०८३, सोमबार
स्थानीय चुनाव

३८ स्थानीय तहको मतपरिणाम घोषणा, एमालेले सबैभन्दा धेरै पालिका जित्यो

३८ स्थानीय तहको मतपरिणाम घोषणा, एमालेले सबैभन्दा धेरै पालिका जित्यो

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तरगत ३८ तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहमध्ये ३८ तहको अन्तिम नतिजा आएको हो । जसमा अधिकांश गाउँपालिका रहेका छन् । 

आयोगका अनुसार हालसम्म सबैभन्दा धेरै पालिका जितेर एमाले पहिलो स्थानमा छ । एमालेले १५ पालिका जितेको हो । तर अग्रताको हिसावले भने कँँग्रेस अगाडि छ । हालसम्म एमालेले १८० बढी पालिकामा अग्रता बनाउँदा काँग्रेसको २५० बढी पालिकामा अग्रता रहेको छ । हालसम्म काँग्रेसले जितेका पालिकाको संख्या भने ११ वटा रहेको छ । 

यस्तै माओवादी केन्द्रले १० पालिका जित्दा १०० स्थानम अग्रता बनाएको छ । समाजवादी भने कमजोर देखिएको छ । समाजवादीले २ पालिका जित्दै १५ वटामा अग्रता बनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्