नेपाली कांग्रेसको गढ मानिने स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण खाणले अग्रता लिएका छन् ।
आइतवार राति ८ बजेसम्मको मतगणनामा एमालेका कृष्णले ३ हजार ८ सय ३८ मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका दिलीप प्रताप खाणले ३ हजार १ सय ५१ मत पाएका छन् ।
२०७४ सालको निर्वाचनमा दिलीप मेयर निर्वाचित भएका थिए । एउटै स्कुलमा पढेका र संगै पढाएका खाण दाजुभाइ मेयरमा भिडेका थिए ।
उप-मेयरमा पनि एमालेकी खगीसरा थापा ३ हजार ४ सय ९६ मतसहित अगाडि छिन् ।