
बुटवल । दाङको घोराही उपमहानगरपालिकामा अहिले नेकपा एमालेले गठबन्धनलाई उछिनेको छ ।
पछिल्लो मतगणना अनुसार एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७ हजार ४६ मतसहित अग्रता लिएका छन् ।
गठबन्धन बाट नेकपा माओबादीका उम्मेदवार हेमराज शर्मा ७ हजार १० मतसहित दोस्रोमा पुगेका छन् ।
उपमेयरमा भने गठबन्धनका कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीले ७ हजार ४४१ मतसहित अग्रता लिइरहेका छन् ।
एमालेकी हुमा डिसी ६ हजार ७८७ मतसहित दोस्रो स्थानमा छन ।