२३ असार २०८३, मंगलबार

कालीकोटको शुभकालिका गाउँपालिकामा माओवादी केन्द्रका आचार्य निर्वाचित

कालीकोटको शुभकालिका गाउँपालिकामा माओवादी केन्द्रका आचार्य निर्वाचित

कालीकोटको शुभकालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्य २ हजार ४ सय ९ मत सहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीद्वय नेकपा एकीकृत समाजवादीका पुष्पराज आचार्य र एमालेका भरतराज धितालले १५/१५ सय मत पाए ।

उपाध्यक्षमा गठबन्धनको कांग्रेसकी धर्मा शाहीले २ हजार ३४ मत ल्याएर विजयी भइन् ।

एमालेकी लक्षु चौलागाईंले १ हजार ३ सय ६१ र एकीकृत समाजवादीबाट पम्फाकुमारी शाहीले १ हजार २ सय ३३ मत पाइन् ।

salt training

कमेन्ट गर्नुहोस्