०४ साउन २०८३, सोमबार

दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका रक्षबहादुर शाह २ हजार ५७१ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरे। लक्ष्मीले २ हजार २७९ मत प्राप्त गरिन् ।

गाउँपालिका उपाध्यक्ष भने एमालेले जितेको छ।

उपाध्यक्षमा एमालेका देवीराम बडुवाल निर्वाचित भएका छन्। उनी २ हजार ६९५ मतसहित उपाध्यक्षमा विजयी भएका हुन्।

बडुवालले कांग्रेसकी भद्राकुमारी शाहीलाई २७९ मतले पराजित गरे। कांग्रेसकी शाहीले २ हजार ४१६ मत प्राप्त गरिन्।  

salt training

कमेन्ट गर्नुहोस्