१३ असार २०८३, शनिबार

सर्लाहीमा एमालेको बागी विजयी

सर्लाहीमा एमालेको बागी विजयी

एमालेबाट बागी उम्मेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएकाे छ ।  सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो । 

स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले जित निकालेको हो । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ मत प्राप्त गरे ।

निकटतम प्रतिस्पर्धामा देखिएका एमालेका उम्मेदवार हरेराम बस्नेतले भने ४२१ मत मात्र पाए ।  नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि उनी वडामा बागीका रुपमा खडा भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्