०३ असार २०८३, बुधबार

विराटनगरमा २२ हजार मत गणना हुँदा कांग्रेसका कोइरालाको अग्रता

विराटनगरमा २२ हजार मत गणना हुँदा कांग्रेसका कोइरालाको अग्रता

विराटनगर महानगरपालिकामा २२ हजार मत गणना भएको छ ।

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाले ७ हजार १२५ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले ५ हजार ४०६ मत पाएका छन् भने राप्रपाका प्रह्लाद साहले १ हजार ३६३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ४६१ मत पाएका छन् ।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले ६ हजार १७७ मतसहित पहिलो स्थानमा छिन भने जसपाका अमरेन्द्र यादवले ४ हजार ७७ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ३९१ मत ल्याउँदा राप्रपाकी विन्दा लुइँटेलले १ हजार ६८६ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्