
धनुषाको धनाैजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका राजकुमार साह २ हजार २६२ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जीवेन्द्र झाले २ हजार १६३ मत, नेकपा एमालेका रामबाबु साहले १ हजार ४९५ मत र नेकपा एकीकृत समाजवादीका राजकुमार यादवले १ हजार २८९ मत ल्याएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल २ हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रन्जिता देवी मण्डलले १ हजार ९०१ मत, नेकपा एमालेकी रुवदा खातुनले १ हजार ६५९ मत र नेकपा एकीकृत समाजवादीकी निर्मला देवीले १ हजार १२० मत ल्याएका छन् ।