
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् ।
उनीहरूका निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्का दुई हजार ४८ र सुन्तलीमाया श्रेष्ठले दुई हजार ५५३ मत प्राप्त गरेका थिए ।