
अर्घाखाँची जिल्लाको सदरमुकाम रहेको सन्धीखर्क नगरपालिकामा नेकपा एमालेले अग्रता बढाएको छ । शुरुआती अग्रता लिएका एमाले उम्मेदवार कृष्ष्णप्रसाद श्रेष्ठ ७ हजार ७८७ मतसहित अगाडि छन् ।
नेपाली कांग्रेसकी शान्ता भण्डारी ६ हजार ६९६ मतसहित दोस्रो स्थानमा छिन् । १ हजार ९० मतले एमालेले अग्रता लिइरहेको छ ।
उपमेयरमा माओवादी केन्द्रका राजेन्द्र भुसाल ६ हजार ७३७ मतसहित अगाडि छन् । एमालेकी मिश्रा आचार्य ६ हजार ६१७ मतसहित दोस्रो स्थानमा छिन् । सन्धीखर्कमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।