
चितवनकाे भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार मत कटाएका छन् ।
मंगलबार दिउँसो पौने २ बजेसम्मको मतगणना अनुसार पौडेलले ३ हजार ८१ मत पाएका छन् ।
भरतपुरमा नेपाली कांग्रेसले मेयरको उम्मेदवार नपाएपछि पौडेलले बागी उम्मेदवारी दर्ता गरेका थिए । उनलाई उम्मेदवारी फिर्ता लिन चौतर्फी दबाब परेको थियो । उम्मेदवार भएको कारण उनलाई कांग्रेसले पार्टीबाट निश्कासन गरेको छ ।
भरतपुरमा गठबन्धनकातर्फबाट उम्मेदवार रेनु दहाल ११९ मतले अघि लागेकी छिन् ।
दाहालले ६ हजार ३१९ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार २ सय मत पाएका छन् ।