
भारतको पवित्र तीर्थनगरी बनारसमा रहेको ज्ञानवापीमा हिन्दूहरूले सर्वे गर्नुपर्ने माग राखेका छन् ।
काशी विश्वनाथ मन्दिरसँगै रहेको उक्त मस्जिद बनाउनका लागि मन्दिर भत्काएर निस्केका सामग्रीको उपयोग गरिएको हिन्दूवादीहरूको आरोप छ । ज्ञानवापीमा शिवलिंग भेटिएको भन्दै त्यहाँ सर्वे गर्न माग गरिएको हो ।
यस विषयमा बनारसको एक अदालतमा मुद्दा समेत दायर गरिएको छ । ज्ञानवापी परिसरका केही पर्खालहरू लडाएर सर्वे गर्न मागदाबी गरिएको छ । अनि त्यसका भग्नावशेषको सरसफाइ गराउने माग पनि छ ।
अदालतले ज्ञानवापी सील गर्न सोमवार आदेश दिएको थियो ।
ज्ञानवापी परिसरको सर्वे रिपोर्ट मंगलवार सिभिल जज सिनियर डिभिजन रवि कुमार दिवाकरको इजलासमा पेश हुन सकेन । रिपोर्ट तयार भएको छैन ।
त्यसको १५ घन्टाको भिडियोग्राफी र लगभग १५ सयवटा तस्वीर रहेको बताइएको छ । डेटा धेरै भएकाले फाइल बनाउन नसकिएको हो । थप दुई दिनको समय मागिएको छ ।
स्पेसल एड्भोकेट कमिस्नर विशाल सिंहले सिविल जज सिनियर डिभिजनको इजलासमा निवेदन दिएर थप समय मागेका हुन् ।
ज्ञानवापी मुद्दामा उत्तर प्रदेश सरकारले बनारस अदालतमा निवेदन दायर भएको छ । त्यसमा तीनवटा मागदाबी गरिएको छ ।
ज्ञानवापी मस्जिदस्थित तीन फीट गहिरो मानवनिर्मित पोखरीलाई सीज गरिएको छ । त्यसको चारैतिर पाइपलाइन र नल छन् । उक्त नलको उपयोग नमाज पढ्नेहरूले वजूका लागि गर्ने गरेका छन् । पोखरी परिसर सील भएकाले नमाजीहरूलाई वजूका लागि बाहिर व्यवस्था गर्न भनिएको छ ।
ज्ञानवापीमा सील गरिएको क्षेत्रमा शौचालय पनि छन् । नमाजीहरूले त्यसको उपयोग गर्ने गरेका छन् । त्यहाँ तिनीहरूलाई जान दिने गरिएको छैन । त्यसको व्यवस्था गर्न माग गरिएको छ ।
सील गरिएको पोखरीमा माछाहरू पनि छन् । ती माछाहरूले खानेकुरा पाएका छैनन् । ती माछालाई अर्को पोखरीमा राख्न माग गरिएको छ ।
ज्ञानवापी मस्जिदमा सर्वेका विरुद्ध अंजुमन इंतजामिया मस्जिद कमिटीले सर्वोच्च अदालतमा निवेदन दायर गरेको छ । त्यसमा अदालतले मंगलवार सुनुवाइ गर्ने भएको छ ।