०५ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

अघिल्लो चुनावको पीडालाई खुशीमा बदल्दै अध्यक्ष निर्वाचित भए झम्क नेपाल

अघिल्लो चुनावको पीडालाई खुशीमा बदल्दै अध्यक्ष निर्वाचित भए झम्क नेपाल

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको छ । 

एमालेका उम्मेदवार झम्क नेपाल अध्यक्ष र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका हुन् । 

नेपालले कांग्रेसका उम्मेदवार विकास लामालाई ९७५ मतले पराजित गरेका हुन् । 

नेपालले ७ हजार १२७ मत पाए भने लामाले ६१५२ मत पाएका छन् । 

उपाध्यक्षमा एमालेकी उम्मेदवार तामाङले ६ हजार ५१३ मत पाइन भने कांग्रेसकी दया कुमारी मिश्रले ६ हजार ४६३ मत पाएकी छन् । 

इन्द्रावती गाउँपालिकामा अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो । त्यसबेला एमालेका नेपाल नै पराजित भएका थिए । 

नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला अध्यक्षबाट केही महिना अघि बाहिरिएका नेपालले देशभर एमालेले गतिलो नतिजा निकाल्न नसक्दा इन्द्रावतीमा एमालेलाई कमव्याक गर्न सफल भएका छन् । 

नेपाल अहिले एमालेको बागमती प्रदेश कमिटी सदस्य छन् । 

salt training

कमेन्ट गर्नुहोस्