×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

तानसेन नगरपालिकाः प्रमुखमा कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा माओवादीकी सिँजाली विजयी

१० वटा वडामा गठबन्धन, ४ वटामा एमाले विजयी

जेठ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पछि पार्दै नगर प्रमुख, उपप्रमुख र बहुमत वडा गठबन्धनले जितेको हो । 

Muktinath Bank

नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)की प्रतिक्षा सिँजाली ११ हजार १५१ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

तानसेनमा २०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख दुवै पदमा एमाले फराकिलो मतान्तरले विजयी भएको थियो । 

Vianet communication
Laxmi Bank

यो पनि पढ्नुहोस्

१४ मध्ये १० वडामा गठबन्धन, ४ मा एमाले

१४ वडा रहेको तानसेनमा यसपटक १० वटा वडा गठबन्धनले जितेको छ ।

वडा नंं. १ मा गठबन्धनतर्फबाट कांग्रेसका सुनिलकुमार बस्याल, २ महेश्वरलाल श्रेष्ठ, ३ मा बाबुरत्न शाक्य, ४ मा हेमन्तराज शाक्य विजयी भए ।

वडा नं. ५ को अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका रामबहादुर रावल विजयी हुँदा ६ मा कांग्रेसका सागरमान मर्हजन, ७ मा प्रदीप खनाल विजयी भए ।

वडा नं. ८, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरू क्रमशः सोमनाथ अर्याल, राजेशकुमार अर्याल र हिमलाल पंगेनी वडाध्यक्षमा विजयी भए ।

वडा नं. ११ मा कांग्रेसका यादवसिंह कार्की, १२ मा कांग्रेसकै मेजरसिंह केसी, १३ मा माओवादी केन्द्रका टुकप्रसाद भट्टराई विजयी भए भने वडा नं. १४ मा नेकपा एमालेका शोभाखर भट्टराई वडाध्यक्षमा विजयी भएका छन् ।

तानसेन नेपालकै पुरानो नगरपालिकामध्येको एक हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x