
तनहुँको ब्यास नगरपालिकाका मेयर पदका उम्मेदवार दीपकराज जोशीलाई भेट्न नेकपा एमालेका नेताहरू अस्पतालमा पुगेका छन् ।
चुनावको दिन कांग्रेसको आक्रमणमा परी घाइते बनेका जोशी अस्पतालमा उपचाररत छन् ।
उनलाई भेट्नका लागि एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल र परराष्ट्र विभाग प्रमुख राज भट्टराई अस्पताल पुगेका हुन् ।
उनीहरूले भेटेर स्वास्थ्यलाभको कामना गरेको जोशी आफैंले सामाजिक सञ्जाल फेसबूकमा उल्लेख गरेका छन् ।