
दोलखाको जिरी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
नगरप्रमुखमा मित्रबहादुर जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । नगरप्रमुखमा निर्वाचित मित्र जिरेलले दुई हजार ९४९ मत प्राप्त गरेका छन् । गठबन्धनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले दुई हजार ६९२ मत प्राप्त गरेका छन् ।
उपप्रमुख एमालेका बुढाथोकीले तीन हजार ४३४ मत प्राप्त गर्दा प्रतिस्पर्धी तेजबहादुर गोलेले तीन हजार १२० मत प्राप्त गरेका छन् ।