
पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
पालिका अध्यक्षमा यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपालि ५ दलीय गठबन्धन रहे पनि अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ८३३ मतान्तरले अध्यक्षमा विजयी भएकी छन् । उनले ६ हजार ४६६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिता अधिकारीले ५ हजार ६३३ मत पाएकी छन् ।
उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८७३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय ‘कमल’ले ४ हजार ७७८ मत ल्याएका छन् ।
९ वडा रहेको पालिकामा ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने ३ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।