
विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यलाल यादव ५९ मतले विजयी भएका छन् ।
बुधवार बिहान सार्वजनिक मत परिणामअनुसार यादव ६२८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
यादव वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमोदकुमार झाले ५६९ मत ल्याए । वडाध्यक्षका पदका अन्य प्रतिस्पर्धी नेकपा (एमाले) का किशोरकुमार पोखरेल ५५८ र जसपाका झरिलाल महतो पनि ३८८ मतमा सीमित भए ।
२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर-१३ जसपाले जितेको थियो ।