११ साउन २०८३, सोमबार

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १३ हजार ७२४ मतसहित अग्रतालाई निरन्तरता  दिएका छन् ।

 नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी छ हजार ९२७ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार  वीरगञ्ज महानगरपालिका–५, ३१ र ३२ मतगणना सकिएको छ भने वडा नं १, २, ३, ४, ६, २७, २८, २९, ३० को  मतगणना जारी छ  । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइएको छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा  नेपाली कांग्रेस, नेकपा ( माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्