
सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का सुनिलकुमार मण्डल निर्वाचित भएका छन् ।
अध्यक्षमा विजयी मण्डलले ४ हजार ५ सय ७० मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपककुमार यादवले २ हजार २ सय ५ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि लोसपाकै अर्चनाकुमारी यादव ३ हजार ८ सय ६७ मत सहित निर्वाचित भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुषमाकुमारी मण्डलले २ हजार २ सय ५३ मत प्राप्त गरिन् ।