३० जेठ २०८३, शनिबार
स्थानीय चुनाव

उपमहानगरपालिकामा माओवादीले खोल्यो खाता, जीतपुरसिमरामा राजन पौडेल विजयी

उपमहानगरपालिकामा माओवादीले खोल्यो खाता, जीतपुरसिमरामा राजन पौडेल विजयी

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । बुधबार राति सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार रहेका राजन पौडेल १८ हजार ७४३ मतका साथ विजयी भएका हुन् । 

सत्ता गठबन्धनको साझा उम्मेदवार उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वती चौधरीलाई पराजित गरे । पराजित चौधरीले १७ हजार ७७९ मत प्राप्त गरिन् । शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा उपमहानगरपालिकाको यो पहिलो नतिजा हो । अन्य उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । 

यस्तै जीतपुरको उपमेयरमा भने एमालेका भोला प्रसाद अधिकारी विजयी भए । काँग्रेसकी मेघा शाहीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । भोलाले १७ हजार ४९२ मत पाउँदा मेघाले १५ हजार ८४२ मत प्राप्त गरिन् ।  निर्वाचन अधिकृतको कार्यालयले दुबैलाई विजेता घोषित गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्