११ साउन २०८३, सोमबार

बुढीगंगा गाउँपालिकामा कांग्रेसको जीत

बुढीगंगा गाउँपालिकामा कांग्रेसको जीत

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर  ८ हजार २ सय ९९ मत सहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलभद्र सरदार थारूले ७ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । 

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै निवर्तमान उपाध्यक्ष अमृताकुमारी गच्छदार ९ हजार ५० मत सहित निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसी कुमारी कुँवरले ६ हजार २ सय २३ मत प्राप्त गरिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्