
दाङको घोराही उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
एमालेका चौधरीले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड’लाई ५ हजार ३३० मतले हराएका छन् ।
विजयी चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत पाएका छन् । यसअघि चौधरीले २०४७ सालको चुनावमा समेत निर्वाचित भएका थिए ।
उपमेयरमा एमालेकी हुमा डिसी झिनो मतान्तरले विजयी भएकी छन् । डिसीले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पराजित गरेकी छन् ।
डिसीले ३ हजार ४०३ पाउँदा डाँगीले ३ हजार ३५४ मत पाएका छन् ।
घोराहीमा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।