०३ असार २०८३, बुधबार

एमालेलाई हराउँदै सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

जेठ ५, २०७९
एमालेलाई हराउँदै सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । यसअघिको निर्वाचनमा गाउँपालिकामा एमालेले जितेको थियो ।

निर्वाचित अध्यक्ष टेकनारायण उपाध्यायले एमालेका रामप्रसाद पाण्डेलाई २७५ मतान्तरले पराजित गरेका छन् । उपाध्यायले ६ हजार २७० ल्याउँदा पाण्डेले ५ हजार ९९८ मत ल्याएका छन ।

उपाध्यक्ष पदमा इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गर्दै गीता चौधरी विजयी भएकी छन् । गीताले ६ हजार ६०५ मत ल्याउँदा इन्द्रकुमारीले ५ हजार ९८४ मत ल्याएकी छन् । 

५ वडा रहेको पालिकामा १ नम्बर वडामा नेपाली कांग्रेसका अशोककुमार चौधरी विजयी भएका छन् । २ नम्बर वडामा एमालेका कृष्णलाल मुखिया र ३ नम्बर वडामा एमालेका हरिलाल दुषाद वडाध्यक्षमा विजयी भएका छन् ।

४ नम्बर वडामा नेपाली कांग्रेसका नलीबहादुर गुरुङ र ५ नम्बर वडामा नेपाली कांग्रेसका प्रभुनाथ अहिर वडाध्यक्षमा विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्