असार १२, २०७९
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ ७ गते) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो ।
नर्भिकले विगत लामो समयदेखि युरोलोजी टिमकै विशेष निःशुल्क ओपीडी अभियान सञ्चालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपीडी यसमै केन्द्रित गरिरहेको हो ।
युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । यो टिमले बिहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ ।
मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
यसै गरी ९ बजेदेखि १०ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ ।
मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरूले यो ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरूलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ ।
यस्तै, दूरविनको माध्यमबाट प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको नर्भिकले जनाएको छ ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मदन भण्डारी मेमोरियल कलेजको आयोजनामा आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको ...
बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरूमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले ...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरि...
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य शुरू भएपछि दुवै...
पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ । शिक्षा क्षेत्रको विकासमा योगदान दिएर दक्ष नागरिक उत्पादन गर्न गाउँप...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...