२४ जेठ २०८३, आइतबार
स्थानीय चुनाव

एमाले नेताको विश्लेषण : चुनाव हार्नुको मुख्य कारण राज्यसत्ताको दुरूपयोग र अन्तर्घात

एमाले नेताको विश्लेषण : चुनाव हार्नुको मुख्य कारण राज्यसत्ताको दुरूपयोग र अन्तर्घात

नेकपा(एमाले)का नेताहरूले चुनावमा पार्टी पराजित भएको बारे फरक–फरक प्रतिक्रिया दिएका छन् । 

बिहीबार संसद बैठकमा भाग लिन बानेश्वरस्थित संसद भवन पुगेका एमाले केही नेताले चुनावबाट दोस्रो स्थानमा ओर्लिए पनि पार्टीको मत भने नघटेको दावी गरे । कतिपयले भने पार्टी विभाजनको कारण चुनावमा पराजय बेहोर्नुपरेको बताए । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दावी गरेका छन् ।  बताउनुभएको छ ।

उनले भने, ‘देशैभरीको तथ्यहरू संकलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत छ । तर, पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरुमा एउटा अर्को पार्टी थपिने बित्तिकै त्यसले परिणाममा त फरक पार्ने भयो ।’

कतिपय ठाउँमा पार्टीको आन्तरिक कारणहरूले पनि हारेको र त्यसलाई समीक्षाको विषय बनाउने ज्ञवालीले बताए । 

एमालेका नेता भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हार्नुको विभिन्न कारण रहेको बताएका छन् । त्यसमध्ये, मुख्यकारण एमाले विभाजन नै भएको उनले बताए । 

‘पार्टीहरूप्रति जनताले हेर्ने दृष्टिकोण र वितृष्णा चुनाव हार्नुको अर्को कारण हो । पार्टी भित्रकै अन्तर्घातले पनि चुनाव हारिएको छ’, रावलले भने । 

त्यसैगरी, एमाले सचिव एवं सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरूद्ध राज्यसत्ताको दुरूपयोग गरेको आरोप लगाए । 

गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको भट्टराईको दावी छ । ‘एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरियो । यो परिस्थितिमा नेकपा(एमाले)ले जुन परिणाम ल्याएको छ यो कुनै निराशाजनक परिणाम होइन’, भट्टराईले भने ।

salt training

कमेन्ट गर्नुहोस्