२६ जेठ २०८३, मंगलबार

विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना, १३ जना घाइते

विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना, १३ जना घाइते

मोरङको सुनवर्षी नगरपालिका-६, सिटौला टोलमा विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

को २ च १४३७ नम्बरको ट्याक्टर ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । 

एमालेको विजय जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको र उनीहरूको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताए । 

उनका अनुसार ३ जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्