
काठमाडौं उपत्यकाको एक स्थानीय तहमा राप्रपाको पहिलो जित भएको छ । राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा विजय हासिल गरेको छ ।
राप्रपाका रमेश नापितले ४७ सय मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद श्रेष्ठले ४२ सय २ मत पाएका छन् ।
यो नगरपालिकामा एमाले तेस्रो र माओवादी चौथौ स्थानमा छ ।
यो नगरको उपप्रमुख भने नेपाली कांग्रेसकी समिता श्रेष्ठले जितेकी छिन् ।
उनले ६३ सय ६२ मत ल्याएर विजयी हुँदा राप्रपाका विजयकुमारी वाइवा ३२ सय ९८ मत ल्याएर पराजित भएकी छिन् ।
९ वटा वडा रहेको स्थानीय तहको ३ वटा वडाको वडाध्यक्ष राप्रपाले जितेको छ ।