२५ जेठ २०८३, सोमबार
स्थानीय चुनाव

राप्रपाले अर्को नगरपालिका पनि जित्यो, कपिलवस्तुको शिवराजमा थापा विजयी

राप्रपाले अर्को नगरपालिका पनि जित्यो, कपिलवस्तुको शिवराजमा थापा विजयी

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले थप एक स्थानीय तहमा जित हासिल गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले मेयर पदमा जित हासिल गरेका हुन् । 
उनले एमालेका महादेव पोख्रेललाई हराउँदै जित हासिल गरेका हुन् । थापाले ७ हजार ६०२ मत प्राप्त गर्दा पोख्रेलले ७ हजार १२८ मत प्राप्त गरे । 

यस्तै उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरी विजयी भइन् । चौधरी ७ हजार ९५५ मत पारेर विजयी हुँदा राप्रपाकी उम्मेदवार विपासा चौधरी ५ हजार १५९ मत पाएर तेस्रो भइन् । दोस्रो स्थानमा भने काँग्रेसकी शारदा कार्की भइन् । यो सँगै राप्रपाको स्थानीय तहमा जित संख्या ३ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्